भारतीय समकक्षीसँग अर्थमन्त्री डा महतबीच भेटवार्ता

0
108
अर्थमन्त्री डा प्रकाशशरण महतले भारतीय समकक्षी निर्मला सीतारामनसँग यही असार १७ देखि १८ गते गुजरातमा हुने तेस्रो अर्थमन्त्री तथा जी–२० देशका केन्द्रीय बैंकका गभर्नरहरुको बैठकमा पारस्परिक सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गरेका थिए ।

भेटमा दुवै अर्थमन्त्रीले नेपालमा भारतको सहयोगमा रहेका आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न जोड दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा महतले नेपालबाट भारतमा (१० वर्षमा १० हजार किलोवाट) विद्युत् निर्यात गर्ने विषयमा भएको समझदारीले दुई देशबीचको व्यापार घाटा कम गर्न मद्दत पुग्ने स्मरण गराए । ‘दुवै अर्थमन्त्रीले दुई देशबीच व्यापार र लगानी सहजीकरणका लागि सहकार्यात्मक दृष्टिकोण राखेका थिए,’ अर्थमन्त्री महतको सचिवालयले उहाँलाई उद्धृत गर्दै भन्यो ।

अर्थमन्त्री महतका अनुसार भारतीय अर्थमन्त्रीले नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार एकीकृत विद्युतीय भुक्तानीलाई छिटो कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । त्यसमा मन्त्री महतले सम्झौता कार्यान्वयनका लागि संयन्त्र बनाउने प्रयास भइरहेको प्रतिक्रिया दिए ।

त्यसैगरी उनले भारतीय समकक्षीलाई नेपालमा सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीका लागि राम्रो विकल्प रहेको बताए ।

उनले नेपाललाई जी–२० सम्मेलनमा सहभागी हुन निम्तो दिएकोमा भारतलाई धन्यवाद दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here