आर्थिक वर्ष २०७९/८० मा लागुऔषध ओसारपसार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ५ हजार ६११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनीहरुविरुद्ध तीन हजार ७१२ मुद्दा दायर भएको छ । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार १८ हजार २२२ किलो गाँजा, ५२८ केजी चरेस, १४ दशमलव ३५० केजी ब्राउन सुगर, १४ दशमलव ५६७ किलोग्राम कोकिन र ३४ दशमलव ५८ केजी ओपियम बरामद भएको छ । यसैगरी एक वर्षको अवधिमा ब्रुफेन ६२ हजार २७९ एम्पुल, डायजेपाम ६७ हजार ४३४ एम्पुल, फेनेर्गन ३४ हजार ८२९ एम्पुल, नाइट्राभ १०५ हजार ४१४ ट्याब्लेट, ट्रमाडोल १० हजार ७ सय ९७ ट्याब्लेट, आठ हजार ९ सय ५१ बोतल जोसेपाम जफत गरिएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400