कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ

0
110
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

समसामयिक राजनीतिक मुद्दा, कार्यसम्पादन समितिबाट निर्णय पेस गर्ने, सांगठनिक कार्ययोजनासम्बन्धी प्रस्ताव, नीति अधिवेशनको मिति र स्थान निर्धारण र पार्टीको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सोमबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले बैठकको एजेण्डा तय गरेको हो ।

बैठकमा पार्टीका विभिन्न विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा गर्ने प्रस्ताव, अनुशासन समितिको प्रतिवेदन, प्रतिनिधिसभा र सरकारमा पार्टीको भूमिकालगायत विषयमा पनि छलफल हुनेछ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here