त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई अध्यागमन विभागले बिहीबार पक्राउ गरेको छ । विभागका महानिर्देशक झलकराम अधिकारीले चिनियाँ नागरिक लिङ्चुआनलाई चीन जाँदै गर्दा पक्राउ गरिएको जानकारी दिए । बरामद सुनको मालिक लिङ्चुआन नै भएको आशंका गरिएको अधिकारीले बताए । पक्राउ परेका चिनियाँ नागरिकलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको महानिर्देशक अधिकारीले जानकारी दिए । विभागले बुधबार सिनामंगलबाट करिब एक सय किलो सुन बरामद गरेको हो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400