सुन घोटालाको छानबिन गर्न छानबिन समिति गठन

0
101
जाँचबिना त्रिआयाबाट करिब एक क्विन्टल सुन तस्करी भएको घटनाको छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले घटनाको अनुसन्धान नगरी भन्सारबाट झण्डै एक क्विन्टल सुन कसरी पास भयो भन्नेबारे छानबिन गर्न आज छानबिन समिति गठन गरेको हो ।

सूचना अधिकारी खड्काले भने, ‘विभागका कर्मचारीले आवश्यक चेकजाँच गर्दा पनि कहिलेकाहीँ प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिने भएकाले छानबिन समिति गठन गरिएको हो ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट करिब एक सय किलो सुन बरामद गरेको छ । यस सम्बन्धमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बरामद पहेंलो धातुलाई सुरक्षित राख्न भन्सार विभागमार्फत नेपाल राष्ट्र बैंकमा पठाइएको जानकारी दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here