जापानको फुकुओका शहरमा हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडी सहभागी भएका छन् । च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले शुभकामना दिँदै बिदाइ गरेका थिए । ओलम्पिक छनोट प्रतियोगितामा नेपालका तर्फबाट गौरिका सिंह, अलेक्ज्याण्डर गडेगाड शाह, दुवाना लामा र नासिर याह्या हुसेनले सहभागिता जनाउँदैछन् । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा रहेको नेपाली टोलीमा ओलम्पियन, टोलीकी प्रशिक्षक नयना शाक्य, टोली व्यवस्थापक नरेश वैद्य र अधिकृत सञ्जय शाह रहेका छन् । च्याम्पियनसिपअन्तर्गत असार २३ र २९ गते हुने वल्र्ड एक्वाटिक कंग्रेसमा पनि अध्यक्ष बज्राचार्य सहभागी हुनेछन् । च्याम्पियनसिप अन्तर्गत नासिरले जुलाई २३ मा ४०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने गौरिकाले ७०० मिटर ब्याक स्ट्रोकमा जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछन्। सोही दिन (जुलाई २४) नासिरले २०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । दुवानाले जुलाई २५ मा हुने च्याम्पियनसिपमा २०० मिटर फ्री स्टाइलमा र गौरिकाले असार २६ गते ५०० मिटर ब्याक स्ट्रोक खेल्ने छन् भने अलेक्ज्याण्डरले १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । डुवानाले असार २७ गते १०० मिटर फ्री स्टाइलमा र अलेक्ज्याण्डरले असार २८ गते ५० मिटर फ्री स्टाइलमा पौडी प्रतियोगितामा भाग लिनेछन् ।नेपाली टोली जुलाई १९ मा जापान जानेछ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400