उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री

0
186
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई संविधानबमोजिम मुलुकको दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने गरी डिजाइन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको रोमस्थित मुख्यालयमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम्स–२०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन आज इटाली प्रस्थान गरेका हुन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here