प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ इटाली प्रस्थान गरेका छन् । बिदाइ कार्यक्रममा प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री र उच्चपदस्थ अधिकारीलगायत माओवादी केन्द्रका प्रमुख नेताहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री इटालीको रोममा २४ देखि २६ जुलाई २०२३ सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन +२ स्टकटेकिङ मोमेन्ट (UNFSS+2) मा सहभागी हुनुहुनेछ । यसका साथै प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्षलगायत राष्ट्रसंघीय प्रणालीका उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असार २८ गते स्वदेश फर्कदैछन्
