पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा आज मोटरसाइकल र पिकअप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिेश चौधरी रहेको प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (डब्लुबी ७३ इ ९११७) को पिकअप भ्यानमा चार जना सवार रहेको को २९ प ३७१२ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल र पछाडीमा सवार सबैलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको एसपी राईले जानकारी दिए । गम्भीर घाइते २७ वर्षीय प्रेमलाल चौधरीको हाल बीपीकेआईएचएसमा उपचार भइरहेको छ । दार्जिलिङका भारतीय नागरिक ३२ वर्षीय गोविन्द बरमुनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सडक दुर्घटनाको मुख्य कारण तीव्र गतिमा रहेको मोटरसाइकल रहेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400