नुतनको चौथो वार्षिक साधारण सभा सम्पन्न

0
582

 गोकर्णेश्वर नगरपालिका वडा नं . ८ काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले भर्जुअल सभा मार्फत सम्पन्न भएको संस्थाका प्रबन्धक  केशव भुजेलले जानकारी गराउनुभयो ।

नूतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा का.बा अध्यक्ष नेत्र प्रसाद दाहालको अध्यक्षमा भएको थियो । साथै  प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेज्यू, विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं . ८ का वडा अध्यक्ष मनोज ढुङगानाज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालज्यू,  विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहकारी संयोजक लक्ष्मण चौलागाईज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुन्य प्रसाद दाहालज्यूहरुले भर्जुअल सभा मार्फत सम्बोधन गर्नुभएको थियो ।

कुल संख्याको ७० प्रतिशत सदस्यहरुको भर्जुअल मार्फत उपस्थिति रहेको थियो । साधारण सभाले संस्थाको २०७६।७७को बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ । यसैगरी नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि।ले चौथो वार्षिक साधारण सभा भर्जुअल मार्फत नै नयाँ कार्यसमिति चयन गरेको छ ।

आज सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले अध्यक्षमा नेत्र प्रसाद दाहाललाई चयन गरेको हो । नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कृष्णा गौतम, सचिवमा मोहन अधिकारी र कोषाध्यक्षमा राजेश घिमिरे निर्विरोध निर्वाचित गरेको  छ । त्यस्तै गरी सदस्यहरुमा विचारी शाह, सरोजा न्यौपाने,राम चन्द धिताल,अम्बर बहादुर गिरी र सम्झना कार्की  रहनुभएको छ । त्यसैगरी हरी कुमार ठकुरीको संयोजकत्वमा लेखा समिति चयन भएको छ । त्यस्तै सदस्यहरुमा जीत बहादुर  कार्की  र राम कुमार लुईटेल निर्वाचित हुनुभएको छ ।

साथै संस्थाको नयाँ कार्यसमितिको सबै सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ साथै सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी ०७७।०७८ आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गरेको जनाइएको छ । निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीले आजै पदभार ग्रहण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here