प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । इटालीको समयअनुसार २४ देखि २६ जुलाई २०२३ सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन +२ स्टकटेकिङ मोमेन्ट (UNFSS+२) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री इटालीको समय साढे ७ बजे रोम पुगेका हुन् । प्रधानमन्त्रीले सोमबार, २४ जुलाई २०२३ मा UNFSS+२ को आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ, जसमा LDC समूहको अध्यक्षको हैसियतमा २४ जुलाई २०२३ मा विद्यालय भोजनको एजेन्डा र २५ जुलाई २०२३ मा खाद्य प्रणाली परिवर्तनको एजेन्डामा पूर्ण सत्रहरू समावेश छन्। अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र इटालीको परराष्ट्र मन्त्रालयका अधिकारीले प्रधानमन्त्रीलाई रोममा स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्रीसँगै छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायत नेपाल सरकारका उच्च अधिकारी सहभागी छन् । कार्यक्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्षलगायत राष्ट्रसंघीय प्रणालीका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले इटालीमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डल शनिबार रोम प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री २८ जुलाई २०२३ मा काठमाडौं फर्कनेछन्।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400