स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि देशभरका मेडिकल पसलको अनुगमन थालेको छ ।
निर्देशिकाविपरीत मेडिकल पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले देशभर अनुगमन थालेको हो ।
मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका मेडिकल पसलको निरीक्षण गरेको छ ।
मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि पनि मेडिकल पसलमा बिक्री गरेको पाइएको बताए ।