कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्चको पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ

0
119
कोशी प्रदेशमा सरकार गठनको संवैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासले गर्ने भएको छ ।

रिट निवेदनको आज सुनुवाइ गर्न समय नपुगेको भन्दै सुनुवाइ बुधबारका लागि तोकिएको हो । सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरु सुष्मा लता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त मुद्दाको पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाको संवैधानिकतालाई चुनौती दिँदै सर्वोच्च अदालतमा असार २३ गते रिट दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले असार १२ गते दूरगामी असर पर्ने कुनै काम नगर्न र लिखित जवाफ पेश गर्न कोशी प्रदेश सरकारको नाममा आदेश दिएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here