पूर्वी नाका काकडभिट्टाबाट नेपालले एक वर्षमा रु ६ अर्ब २९ करोडको तरकारी तथा फलफूल आयात गरेको छ । बिरुवा क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टाबाट रु तीन अर्ब ३५ करोडको ताजा तरकारी र रु दुई अर्ब ९४ करोडको फलफूल आयात भएको जानकारी दिनुभयो । कार्यालयका अनुसार गत आवमा रु ८० करोड ९९ लाखको २५ हजार ३१२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख मूल्यको ३८ हजार १० मेट्रिक टन टमाटर र रु ३१९.८ करोडको १९ हजार ९८८ मेट्रिक टन करेला आयात भएको थियो । विशेषगरी प्याज, टमाटर र करेला भारतबाट आयात हुने गरेको छ । त्यसैगरी नेपालले एक वर्षमा ६८ करोड ५८ लाख रुपैयाँको ६१७ मेट्रिक टन स्याउ र ६२ करोड १२ लाख रुपैयाँको १५ हजार ५३१ मेट्रिक टन अनानास आयात गरेको छ । गत आर्थिक वर्षमा पूर्वाञ्चल नाका हुँदै रु ३७०.४ मिलियनको ७ हजार ७१८ मेट्रिक टन सुन्तला, रु १९ करोड ६६ लाख मूल्यको ३ हजार ७२ मेट्रिक टन अंगुर र रु २६ करोड ४८ लाख मूल्यको दुई हजार ७ सय ६३ मेट्रिक टन अनार नेपाल ल्याइएको अधिकारीले जानकारी दिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400