गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘हामी नदीका दुई किनारा’(भिडियो)

0
103

काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ।

भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति music kovraheko छ। उक्त गीत गायक सुरेन्द्र श्रेष्ठले आफ्नै युट्यब च्यानल Surendra Shrestha मार्फत सार्वजनिक गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here