सत्तारुढ नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको बैठकलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् । बैठकको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको सुशासन अभियानले जनतामा आशा जगाएको बताए । ‘देशको राजनीतिको यो घडीमा हाम्रो पार्टी र विगतका आन्दोलनबाट जनताले कस्तो अपेक्षा र आशा राखेका छन् ? पार्टीको नेतृत्वमा सरकारले गरेका कस्ता पहल र गतिविधिले जनतामा आशाको नयाँ लहर पैदा गरेको छ ।” उसले भन्यो। राजनीतिमा अवसर र चुनौती दुवै हुने बताउँदै उनले विगतबाट पाठ सिकेर अगाडि बढ्न पार्टी नेतृत्व आवश्यक रहेको बताए । अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन बुझाउने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । पार्टीले राजनीतिक र सांगठनिक प्रस्ताव तयार गर्न उपसमिति गठन गरेको छ । अध्यक्ष प्रचण्डले उपसमितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिएका थिए । बैठकमा वर्तमान सरकारको समीक्षा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य दलसँगको एकताका विषयमा छलफल हुने बताइएको छ । बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको एकता प्रस्तावमाथि पनि छलफल हुनेछ । पाँच दिनसम्म चलेको बैठकमा पार्टीका ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य र पार्टीका तीन आयोगका ७५ प्रतिनिधिसहित कुल ७५८ प्रतिनिधि सहभागी छन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400