पछिल्लो समय मुलुकमा आपराधिक गतिविधि बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विगत दुई वर्षमा १० हजारभन्दा बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०२१/२२ मा ४६ हजार ९०२ को तुलनामा आर्थिक वर्ष २०२२/२३ मा कुल ५६ हजार ३१९ अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०२२/२३ मा दर्ता भएका विभिन्न प्रकृतिका अपराधका ५६ हजार ३१९ घटनामध्ये २३ हजारभन्दा बढीको टुंगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०२१/२२ को तुलनामा आव २०२२/२३ मा अपराधका घटना बढेको प्रहरी केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । आर्थिक वर्ष २०२२/२३ मा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजार ६ सय २७, मधेस प्रदेशमा ९ हजार ८ सय ४४ र कोशी प्रदेशमा ८ हजार ७ सय २० घटना भएका छन् । त्यसैगरी बागमती प्रदेशमा चार हजार ६७९, गण्डकीमा चार हजार १७७, लुम्बिनीमा ६ हजार ९९७, कर्णालीमा एक हजार ७२९ र सुदूरपश्चिममा तीन हजार ५०३ अपराधका घटना दर्ता भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोमा ४३ अपराधका घटना दर्ता भएका छन् । पछिल्लो समय बैंकिङ कसुर र साइबर अपराध बढेको उनको भनाइ छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400