‘नेपालको विकास प्रयासका लागि USAID महत्वपूर्ण साझेदार’

0
113
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको सामाजिक–आर्थिक विकासका लागि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) महत्वपूर्ण साझेदार भएको बताए ।

मंगलबार वासिङ्टन डिसीमा नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धी श्रव्यदृश्य सामग्रीको स्क्रिनिङ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआईडी र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा पर्यटन प्रचार सामग्री तयार पारेको हो ।

सो अवसरमा खत्रीले नेपालको प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले विश्वमा सधैँ प्रशंसनीय भूमिका खेलेको बताए ।
नेपालको लोकतान्त्रिक प्रक्रिया र उदार आर्थिक नीतिले वैदेशिक लगानीका लागि बाटो खोलेको बताउँदै उनले ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युएसएआईडीकी एसियाका लागि सहायक सहायक प्रशासक अञ्जली कौरले नेपालको विकासका लागि युएसएआईडीले कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको बताइन् ।

"नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं। युएसएआईडीले नेपालको विकासको प्रयासलाई निरन्तरता दिनेछ," उनले भनिन्।
अमेरिकी टेलिभिजन च्यानल पीबीएसले नेपालको पर्यटन प्रवद्र्धनका लागि श्रव्यदृश्य सामग्री तयार गरेको छ । PBS च्यानल कार्यक्रम प्रस्तोता र कार्यकारी निर्माता डेनिस ओहो द्वारा तयार गरिएको सामग्री, अन्य क्षेत्रहरूमा स्क्रीनिंग गरिनेछ।

सो अवसरमा नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोर्ड, एनआरएनएका अध्यक्ष डा अर्जुन बन्जाडे र दूतावासका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो 

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here