भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष गरी दुई वर्षका भुवन चैत्य वसुन्धरा पुरस्कार विभिन्न व्यक्तित्वहरुलाई एक साथ हस्तान्तरण गरेको छ ।
आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरु प्रदान गरेकी हुन् ।
समारोहमा २०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो ।
यसैगरी, समारोहमा विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार पूदान गरियो ।
यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरियो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, अभिनेत्री वसुन्धरा भुसाल लगायतका कलाकारहरु उपस्थित थिए ।
पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ ।
अभिनेत्री भुवन थापा चन्द अध्यक्ष रहेको भुवन चैत्य वसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीत,संगीत तथा साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ ।