‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थीलाई ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा सम्मान

0
128

ग्लोबल कायस्थ कन्फेन्स (जिकेसी) नेपालले ‘यंग एचिभर’ र एसइईमात्र उत्कृष्ट नतिजा ल्याइ सफलता हासिल गरेका छात्रछात्राहरूलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो।

कायस्थ समुदायबाट एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका छात्रछात्राका साथै अन्य क्षेत्रमा सफलता हासिल गरेका युवाहरूले जिकेसीले सम्मान गरेको हो। यस अवसरमा निजामति सेवामा अधिकृत पदमा नाम निकाल्न सफल मेघा कर्ण, मिस युनिभर्स नेपाल २०२३ की क्वालिफायर गाजल कर्ण र मिस पोपुलर नेपाल माही श्रीवास्तवलाई सम्मान गरिएको छ।

त्यस्तै एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका इशा दत्त, नन्दीता कर्ण, लक्ष्यकुमार श्रीवास्तव, श्रेयस मल्लिक, हिमानी कर्णसहित १५ छात्रछात्रा सम्मानित भएका छन्। जिकेसी नेपालका अध्यक्ष डा.पुनम कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण लाल दासले छात्रछात्राहरूलाई सम्मानित गरेका थिए।

२०२१ मा स्थापना भएको जिकेसीले नेपालसहित विश्वका ४१ देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ।  कायस्थ समुदायका युवाहरूलाई शिक्षा, रोजगारलगायतका क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले जिकेसी काम गरिरहेको अध्यक्ष कर्णले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here