उचाइ र धूलो : युवराज अधिकारी

0
140

उचाइ र धूलो

अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर

तल-तल हेर्दै

ऊ बेस्सरी कुर्लियो

म देखाइदिन्छु कि

म को हुँ भनेर !

यो हैसियत र विराशत

आदि-आदि

ढल्नै लागेको पर्खाल हेर्दै

स्रोताहरू भने किचिने भयले

पर-पर सर्दै थिएँ

निमेषमै गर्ल्याम्म आवाज आयो

धूलो र धुवाले केही देखिएन

स्रोताहरू खोज्दै थिए

त्यही कतै भेटिन्छ कि भनेर

र पनि केही भेडाहरू भने

वहा अझै माथि नै हुनुहुन्छ भनेर

माथि-माथि हेर्दै थिए

तर अफसोस ।

टुप्पी पनि नदेखिने गरी पुरिएछ

सायद,

धरतीमा उचाइ र धूलोबीच

गहिरो नाता रहेछ ।

– युवराज अधिकारी,कवि तथा गीतकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here