राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

0
135
आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै विशेष कारण देखाउँदै तोकिएको समय र मितिमा बैठक बस्न नसकेको भन्दै अर्को सूचना नभएसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित गरिएको जनाएको छ ।

राष्ट्रियसभाको नियमावली, २०७५ बमोजिम आइतबारका लागि बोलाइएको बैठकलाई सभामुख गणेशप्रसाद तिमिल्सिनाले स्थगित गरेको र अर्को सूचना जारी गरी अर्को बैठक बोलाउने सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here