एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालबहादुर बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निश्चल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहाले सम्पादन छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।