अध्यक्ष पौडेलसँग सामसुङ इलेक्ट्रोनिक्स ग्लोबल प्रेसिडेन्टले शिष्टाचार भेट गरेका छन्

0
226
सामसुङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष सेउङ ही पार्कले सोमबार अध्यक्ष रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले गणतन्त्र कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षका बारेमा जिज्ञासा राखे ।

सो अवसरमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गर्न सक्ने उद्योगका विभिन्न गतिविधि, आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीलाई उच्चस्तरीय सूचना प्रविधिसम्बन्धी तालिम र निकट भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुने सम्भावित सहकार्यका बारेमा अध्यक्ष पौडेललाई जानकारी गराए ।

भेटमा सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष ह्युङ ग्यु ली र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्युन ली, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए–योङ, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति रहेको थियो ।

गोल्छा ग्रुपले गत वैशाखदेखि नवलपरासी जिल्लामा सामसुङ कम्पनीको प्रविधिमा आधारित टेलिभिजन कारखाना ल्याएको जानकारी दिएको छ ।

टेलिभिजन कारखानाले पूर्ण क्षमतामा चल्दा एक वर्षमा एक लाख टेलिभिजन सेट उत्पादन गर्न सक्ने ग्लोबल प्रेसिडेन्ट पार्कले बताए ।

त्यसैगरी, सामसुङ टेक्नोलोजी ट्रान्सफर कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसमा १०० विद्यार्थीको सहभागितामा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण, कारखानाबाट उत्पादन हुने टिभी र टिभि कारखानाबाट रोजगारी सिर्जना भएकोमा खुसी व्यक्त गरे ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here