मनाङको उच्च पहाडी क्षेत्रमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ

0
137
मनाङको उच्च पहाडी क्षेत्रमा सोमबारदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको चामे गाउँपालिका–१ मा प्रतियोगिता आयोजना भएको थियो ।

जलवायु परिवर्तनको असरका कारण स्थानीयले धेरै समस्या भोगेपछि स्थानीयले खेलकुदको माध्यमबाट जनचेतना जगाउने उद्देश्यले तीनदिने प्रतियोगिता आयोजना गरेको नमस्ते टुर्सका सञ्चालक तथा पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।

जलवायु परिवर्तनको असरका कारण हिउँ चितुवाको बासस्थान लोप हुने अवस्थामा रहेकाले समुन्द्री सतहबाट २ हजार ९ सय मिटरको उचाइमा रहेको हिउँ चितुवा र याकको संरक्षण गर्नु पनि प्रतियोगिताको लक्ष्य रहेको गुरुङले बताए ।

प्रतियोगिताले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी हिउँ चितुवालगायतका वन्यजन्तु संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक पारसविक्रम सिंहले बताए ।

एन्ट फाउन्डेसन, वाइल्ड फ्री र बायोकोस नेपालले संयुक्त रुपमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको हो । तिमाङ, पिसाङ र मुङ्जी खेल मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रणपाल, सीता तामाङ र उपेन्द्रमान सिंह लगायतका खेलाडी फुटबल खेल्दै आएको गुरुङले बताए ।

मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधानले पनि प्रतियोगितामा फुटबल खेलेकी थिइन् ।

कमिला फाउन्डेसनका निर्देशक तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका दुर्लभ जनावरको संरक्षणका लागि मैत्रीपूर्ण खेलमार्फत जनचेतना जगाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

मैत्रीपूर्ण फुटबल खेल खेल्ने कलाकार, खेलाडी र स्थानीय जनताको अपेक्षा छ । सोमबार पहिलो दिन काजिन्सरा याक र हिमालयन स्नो लेपर्ड टिमबीच खेल भएको थियो । हिमालयन स्नो लेपर्ड टोलीले चार गोल गरे भने काजिन्सरा याकले तीन गोल गरे ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here