मुगु जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ

0
51
कर्णाली प्रदेशको मुगु जिल्लाको नागमामा ३३ केभी प्रसारण लाइन ट्याप गरी जिल्ला सदरमुकाम गमगढीसम्म करिब ८५ किलोमिटर लाइन निर्माण गरी विद्युत् विस्तारसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यससँगै कुल ७७ जिल्लामध्ये ७६ जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले ४ सय किलोवाटको गमगढ साना जलविद्युत् आयोजनाबाट आइतबारदेखि गमगढी क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ ।

अहिले हुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । जिल्लालाई राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोड्न सर्वेक्षण भइरहेको छ ।

राष्ट्रिय प्रसारण लाइनमा पुगेपछि मुगु जिल्लामा विद्युतीकरणले गति लिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

मुगुमा ३ हजार ५ सय विद्युत उपभोक्ता रहेका छन् । मुगुमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगढीस्थित ११ केभी सबस्टेसनलाई ३३ केभीमा स्तरोन्नति गर्ने काम भइरहेको प्राधिकरणका प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियाद यादवले जानकारी दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here