बाँकेको नेपालगञ्ज विमानस्थलबाट आज एक सरकारी अधिकृतलाई रु २६ लाख नगदसहित पक्राउ परेका छन् । उनी दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत खगेन्द्र सापकोटा हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले विमानस्थलको सुरक्षा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट श्रोत पत्ता लगाउन नसकेको रकम बरामद भएको बताए । तर, सापकोटासँगै रहेको र सापकोटाले काम गरेको सोही कार्यालयमा कार्यरत दीपक पौडेल फरार रहेको डीएसपी डाँगीले बताए । सापकोटा रकमसहित श्री एयरलाइन्सको विमानबाट काठमाडौं उड्दै थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400