गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एसिया-प्रशान्त उपसंयोजक ददीवल खड्काले सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
विगत तिन दशक देखि जापानलाई आफ्नो कर्मथलो बनाएका खड्काले एनआरएनए अभियन्ताको ढुकढुकी , सफल व्यवसायी साथसाथै सरल नम्र अनुशासक को रूपमा परिचित छन्। उनी अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव,अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको खड्काको भनाइ छ। खड्का भन्छन ‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी सहकोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु।’ एनआरएनए जापानको सल्लाहकार , आइसीसी सदस्य हुँदै अहिले एसिया प्यासिफिक उप संयोजक रूपमा रहनुभएको छ।
अहिले भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारी आबस्यक रहेको खड्काको तर्क रहेको छ ।संस्थालाई पारदर्शी ढङ्गबाट लान मेरो पूर्ण प्रतिबद्ध रहन्छ:खड्का थप्छन्
गैर आवासीय नेपाली संघ जापानको विभिन्न पदमा रहँदै आईसिसि सदस्य, विभिन्न टास्कफोर्समा रही हाल एसिया प्यासिफिक क्षेत्र डिआरसीको जिम्मेवारीलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका खड्कालाई संगठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ ।
सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा खड्काले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।
आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यक्तिको रुपमा स्थापित भएका खड्का संघमा पनि पदीय जिम्मेवारीलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउँछन ।
आम प्रवासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि सह कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैर आवासीय नेपालीहरुको समर्थन रहने कुरामा आफू विश्वस्त रहेको खड्काले बताए।
बिगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने, संस्थामा आर्थिक पारदर्शितासहित चुहावट रोक्ने लगाएतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ्ने जनाउँदै आफ्नो अभियानलाई साथ दिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।
उनले आफ्नो केन्द्रीय एजेण्डाहरु केही दिनमा सार्वजनिक गरिने भएतापनि उनका प्रमुख एजेण्डाहरु स्वरोजगार, दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाल संग जोड्ने, नेपाली मूलका नेपालीहरुलाई परिचय पत्र उपलब्ध गराउन पहल गर्ने ,सामूहिक लगानी, पूँजीको सदुपयोग , एनआरएनएमा युवाहरुको आकर्षण बढाउने , सुरक्षित र मर्यादित बैदेशिक रोजगार बनाउन पहल गर्ने , रोजगारको सिलसिलामा विदेश गएका नेपालीहरु र अध्ययनको सिलसिलामा गएका नेपालीहरूको समस्या सामाधान गर्ने लगायतका उनको योजना रहेको छ।