संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङका छोराहरू–मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले आफ्ना पिताको चितामा जलाए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् भने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राणा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न अन्य नेताहरु पशुपति आर्यघाट पुगेका थिए । बालुवाटारस्थित नेम्वाङको निजी घरबाट निकालिएको शवयात्रा शिक्षण अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो । शवयात्रामा शीर्ष नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणको सहभागिता रहेको थियो । नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो । उनी ७१ वर्षका थिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400