गोकर्णेश्वर मन्दिर कुशे औँसीमा भक्तजनको भीड

0
44

बुवाको मुख हेर्ने दिन कुशे औँसीका दिन दिवंगत पितृलाई भेटी दिन काठमाडौंको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर उत्तरगयामा आज भक्तजनको भीड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिन २१ पुस्तादेखिका दिवंगत पितृहरूलाई गोकर्णेश्वरमा दर्शन गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यही आस्थाका साथ गोकर्णेश्वर मन्दिरमा वैदिक सनातन हिन्दू र बौद्ध धर्मका अनुयायीहरू पुग्छन् ।

यस अवसरमा, जसका बुबाको मृत्यु भइसकेको छ, उनीहरू मन्दिरहरूमा गएर श्राद्ध (मृतक आमाबाबुको लागि गरिने हिन्दू अनुष्ठान) गर्छन्।

पर्व हेर्न बिहानैदेखि देशका विभिन्न भागबाट सयौं भक्तजन मन्दिरमा पुगेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए ।

भक्तजनको भीडका कारण आज सुन्दरीजल–जोरपाटी र वाग्मती करिडोरमा सवारीसाधन चलाउन रोक लगाइएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here