जिल्लामा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । भीमदत्त राजमार्गअन्तर्गत अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा डडेल्धुराको मेलखर्कमा दुर्घटना भएको छ । घाइते अटोरिक्सा चालक वीरबहादुर कुँवतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




