सर्लाही जिल्लामा केही दिनयता भाइरल ज्वरो र डेंगुका बिरामी बढ्दै गएका छन् । पछिल्लो समय सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण मौसममा आएको परिवर्तनले भाइरल ज्वरोको सङ्क्रमण तीव्र गतिमा फैलिएको प्रादेशिक अस्पताल मलंगवाका नायब मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा घाँटी दुख्ने, कमजोरी हुने र उच्च ज्वरो आउने बिरामीको संख्या बढेको लालबन्दी मोडेल अस्पतालका प्रमुख डा आलोककुमार कुशबाहाले बताए । लालबन्दी, नवलपुर, हरिवन र बागमतीमा दैनिक १० देखि २० जना भाइरल ज्वरोका सङ्क्रमित बिरामी आउने गरेको डा कुशबाहाले बताए । सबैभन्दा बढी भाइरल ज्वरो लालबन्दी, नवलपुर र हरिवनमा देखिएको लालबन्दी नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । त्यसैगरी जिल्लामा डेंगुका बिरामी पनि बढ्दै गएको प्रादेशिक अस्पतालका डा झा बताउँछन् । जिल्लामा हाल ६१ जना डेंगु संक्रमित छन् । डेंगु र भाइरल ज्वरोबाट बच्न लामखुट्टेबाट बच्न र संक्रमित व्यक्तिसँग नजिक नजानका लागि वरपर सफा राख्न चिकित्सकले सुझाव दिएका छन् । यसैबीच, ती संक्रमितहरूलाई बाहिर चर्को गर्मी हुँदा सकेसम्म आराम गर्न र घरभित्रै बस्न र स्वास्थ्य सम्बन्धी सावधानीहरू पालना गर्न सल्लाह दिइएको छ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400