फिफा विश्वकप छनोट : युएईसँग नेपाल ४–० ले पराजित

0
213

सन् २०२६ को विश्वकप र २०२५ को एसियन कपको दोस्रो चरणको छनोटमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ। युएईमा बिहिवार भएको खेलमा नेपाल घरेलुटोलीसँग ४–० गोल अन्तरले पराजित भएको हो।

नेपालले सुरुमा केही सम्हालिए पनि ११ औं मिनेटबाट गोल खान सुरु गरेको थियो । यो सिलसिला पहिलो हाफको अतिरिक्त समयसम्म कायम रह्यो । पहिलो हाफमा ४ गोल खाएको नेपालले दोस्रो हाफमा भने युएईलाई रोक्न सफल भयो ।

११ औं मिनेटमा युएईले नेपालविरुद्ध पहिलाे गोल गरेकाे थियो । युएईका खलिफा अल हमादीले हेडर गोल गर्दै अग्रता दिलाए। ३७ औं मिनेटमा नेपालले दोस्रो गोल व्यहोर्न पुगेको थियो। नेपालका अमृत श्रेष्ठले युएईका बेखिटलाई फल गरेपछि पाएको पेनाल्टीलाई युएईका अलि मखबुटले सहजै गोलमा परिणत गरेका थिए ।

४४ औं मिनेटमा अलि मखबूटले व्यक्तिगत दोस्रो गोल गर्दा युएई ३–० ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले गोल गरेपछि युएईले पहिलो हाफमै ४–० को शानदार अग्रता बनाएको थियो । दोस्रो हाफमा भने नेपालले उत्कृष्ट कमब्याक गर्दै युएईलाइ थप गोल गर्न दिएन भने नेपालले पनि पोस्ट चार्ज गरे पनि सफल भने हुन सकेन ।

युएईबाट फर्किएपछि नेपालले नोभेम्बर २१ तारिखमा यमनसँग दशरथ रंगशालामा अर्को खेल खेल्ने छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here