गायक सरोज कोइराला र अन्जुको स्वरमा नायक श्रीदेव अभिनित ‘माया केवल माया’सार्वजनिक(भिडियो)

0
391

श्रीदेव र ममताको “माया केवल माया” श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ “माया केवल माया” सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।

https://www.youtube.com/watch?v=tYuyMLz2xzQ&fbclid=

पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको “माया केवल माया” मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । यो मेल भर्सन हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन ।

आफ्नो जन्मदिनको अवसर पारेर पुष्पाले कार्तिक ८ गते शनिवार साँझ आफ्नै युट्युब च्यानल दिपुष्पा क्रियसन मार्फत मेल भर्सन सार्वजनिक गरेकी हुन् । गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज छ । गीतलाई सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ । सुहाउँदो पोशाक डिजाइन भ्यालेन्टिनो द बुटिककी सुक्निता चौलागाईँले गरेकी हुने । क्यामरा अजय रेग्मीको छ । सन्तोष दवाडीले सम्पादन गरेको भिडियोको सहनिर्देशनमा युवराज दाहाल छन् भने निर्देशन हेम प्रभासले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here