आंशिक देखि सामान्यतया सफा देशभर मौसम पूर्वानुमान

0
170
देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि झाले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको भिजिबिलिटी ४ हजार ५ सय मिटर रहेको छ ।

उपत्यकाको आजको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८–२० डिग्री सेल्सियस रहने छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here