२०२३ जनवरी १५ मा पोखरामा भएको यति एयरलाइन्सको विमान मानवीय त्रुटिका कारण भएको थियो । विमान दुर्घटनापछि गठित छानबिन आयोगले आज यस्तो निष्कर्षसहित प्रतिवेदन बुझाएको हो । पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । आयोगलाई छानबिन गरी प्रतिवेदन तयार गर्न आठ महिना तीन दिन लागेको थियो । सरकारले विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको थियो । छानबिन आयोगमा नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, एरोनोटिकल इन्जिनियर एकराजजंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य थिए । प्रतिवेदन प्राप्त गर्दै मन्त्री किरातीले छानबिन आयोगको सुझावलाई कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




