हल्का वर्षा र हिमपातको सम्भावना

0
207
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसका कारण मौसम बदली भई हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आज काठमाडौंको आकाशमा आंशिकदेखि सामान्य बदली हुने बताए । आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

“पहाडी भेगमा बदली भई उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ, तर वर्षाको सम्भावना भने कम छ ।पश्चिमी भेगबाट तराई क्षेत्रमा कुहिरो निस्किरहेको छ । तराईको केही भागमा भारी वर्षाको सम्भावना छैन,’ मौसमविद् मानन्धरले भने ।

उनका अनुसार तराईमा कुहिरो लाग्ने र उच्च पहाडी तथा हिमाली भेगमा बदली र हल्का वर्षाको सम्भावना रहेकाले चिसो बढ्ने छ । मानन्धरले यो महिना चिसो मौसम भएकाले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह गरे ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १९ देखि २५ सम्मको कृषि क्षेत्रको मौसम पूर्वानुमान अनुसार पश्चिमी वायुको प्रभाव यो साताभर रहनेछ ।

साताको मध्य र दिउँसो कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी साताको सुरु र अन्त्यमा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी साताको मध्य र अन्त्यतिर कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम र न्युनतम तापक्रम भने केही घट्ने सम्भावना छ ।

तराईका केही स्थानमा हल्कादेखि मध्यम खालको कुहिरो र एक–दुई स्थानमा बाक्लो हुस्सुको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो र दिउँसोसम्म कुहिरो क्रमशः हट्दै जाने बताइएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here