कर्णाली प्रदेशले खसीबोका निर्यातबाट ३ अर्ब २४ करोड रुपैयाँ पुँजी आर्जन गरेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । आफ्नो कार्यकालको पहिलो वर्षको उपलब्धि सार्वजनिक गर्दै मन्त्री भीमप्रकाश शर्माले कर्णालीका विभिन्न जिल्लाबाट २४ करोडको तरकारी, किवी, अदुवा र दूध निर्यात भएको बताए । त्यस्तै, चालू आर्थिक वर्षको मंसिर १५ गतेसम्म सल्यानको कपुरकोट र सुर्खेतको बबई अस्थायी तथ्याङ्क सङ्कलन केन्द्रबाट २२ करोड २८ लाख ८८ हजार रुपैयाँ बराबरको कृषि तथा पशुपन्छी निर्यात भएको उनले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




