भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय कृषि एक्स्पो सुरु भएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका सयभन्दा बढी स्टल रहेको आयोजकका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको आयोजनामा भएको उक्त एक्स्पोमा कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी र नेपाल नगर संघले सहयोगी संस्थाको रुपमा रहेको छ । प्रदर्शनीमा राष्ट्रिय कृषि समूह महासंघ, राष्ट्रिय किसान समूह महासंघ, कृषि सहकारी केन्द्रीय महासंघ लिमिटेडको समेत सहभागिता रहेको छ । प्रदर्शनीमा केरा खेती, थोपा सिँचाइ, रासायनिक मलरहित कृषि सामाग्रीका साथै कुखुरापालन, मत्स्यपालन, गाईपालन र दुग्ध उत्पादनमा प्रयोग हुने औजार राखिएको छ । नेपालका कृषि विज्ञहरूले कृषकलाई कृषि प्रविधि, कृषिका विभिन्न क्षेत्रका बारेमा जानकारी गराउन गोष्ठी आयोजना गर्नेछन् । एक्स्पो कुनै प्रवेश शुल्क नलिई तीन दिनसम्म चल्नेछ ।















