त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि अनलाइन प्रणालीबाट परीक्षासम्बन्धी सेवा दिन थालेको छ । देशकै पुरानो विश्वविद्यालयले ७४औं वार्षिकोत्सवको अवसर पारेर आजदेखि अनलाइन सेवा सुरु गरेको छ । त्रिविका कामु कुलपति प्रा शिवलाल भुसालले परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंमा कम्प्युटरको माउसमा क्लिक गरेर अनलाइन सेवाको शुभारम्भ गरेका हुन् । कार्यवाहक कुलपति भुसालले विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी हरेक प्रक्रियाका लागि आफ्नो सेवालाई डिजिटल गरेको बताउँदै सफल हुने विश्वास व्यक्त गरे । यसअघि विद्यार्थी अंकपुस्तिका लिन बल्खुस्थित कार्यालयमा जानुपर्ने बाध्यता थियो । यो सेवा सुरु भएसँगै विद्यार्थीले घरमै बसेर प्रवेशपत्र, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट र मार्कसिटमा सुधारका लागि आवेदन दिन सक्नेछन् । त्यसका लागि विद्यार्थीहरूले www.tuexam.edu.np मा लग इन गरी तोकिएका प्रमाणपत्रहरू संलग्न गरी सेवाहरूको लागि आवेदन दिनुपर्छ र त्यसपछि नेपाल बैंक वा ग्लोबल आइएमई बैंकमा तोकिएको शुल्क तिर्नु पर्छ। विद्यार्थीहरूलाई कार्यालय समयमा सूचित गरिनेछ कि उनीहरूको आवेदन स्वीकार वा अस्वीकार गरियो। कामु कुलपति भुसालले अस्वीकृत भएमा त्रुटि सच्याई वा छुटेको विवरण भरेर पुनः आवेदन दिन आग्रह गरिने बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




