प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ । त्यसैगरी गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेसम्म खेलेका ६ खेलमा ८ अंक जोडेको सुदूरपश्चिम प्रदेश अंक तालिकाको पाँचौं स्थानमा छ । त्यस्तै, १० अंक जोडेको निगम चौथो स्थानमा छ । गण्डकी प्रदेश आठौं स्थानमा छ भने नेपाल पुलिस क्लब अहिलेसम्म खेलेका ६ खेलमा १२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




