सोमबार साँझसम्ममा देशभर सामान्य बदली हुने सम्भावना रहेको छ

0
159
आज देशभरको मौसम सामान्य बदली रहनेछ ।

पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाको आज दिउँसोसम्मको अपडेट अनुसार कोशी प्रदेशको दक्षिणी तराईको मात्रै मौसम सफा रहेको छ ।

सोमबार साँझसम्म मौसममा सुधार आउने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here