नयाँ‌‌ चलनकाे आगमन दिदी बहिनीदूारा मनाइयाे तिहार पर्व

0
704

हिन्दुहरुको दोस्रो महान चाड दीपावलीको अवसरमा हरेक दिदीबहिनीहरुले सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हिन्दु रितिरिवाज अनुसार आफ्नो दाजुभाईहरुलाई टिका लगाउदै आईरहेको यो पर्वमा यस वर्ष भने फरक पाईएको छ। चर्चित निर्दशक, नायक तथा मोडल सोनाम पाख्रिनकी धर्मपत्नी सुजाता बिष्ट र उनको दिदी सृजना बिष्टले यसपाली एकअर्कालाई टिका लगाएर मनाएका छन्। सृजना बिष्टका अनुसार उनका भाई बिगत ४ वर्ष देखि अष्ट्रेलिया बस्दै आएका हुनाले उनीहरुले यस वर्ष भने दिदीबहिनीको निधार खाली नहोस् भन्दै गुन्यु चोलोमा सजिएर एकअर्कालाई टिका लगाई हर्ष उल्लासका साथ पर्व मनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here