निगमको काठमाडौं–दिल्ली–काठमाडौं उडानमा क्यान्सरका बिरामीलाई सहुलियत

0
238
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दिल्ली–काठमाडौँ रुटमा क्यान्सर रोगीलाई निःशुल्क हवाई यातायात सुविधा उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय ध्वजावाहक निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस रुटको हवाई भाडामा क्यान्सर रोगीलाई शतप्रतिशत र सहकर्मीलाई ५० प्रतिशतसम्म छुट दिँदै आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

विश्व क्यान्सर दिवस, २०२४ को सन्दर्भमा चिकित्सकको प्रतिवेदन र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा यस रुटका क्यान्सर रोगी र तिनका परिचरलाई हवाई भाडामा यो सहुलियत उपलब्ध गराइएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here