हेटौंडा सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ

0
210
हेटौंडा सिमेन्ट उद्योगले साढे तीन महिनापछि सिमेन्ट उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला नहुँदा उद्योगले उत्पादन बन्द गरेको थियो ।

उद्योगका उपमहाप्रबन्धक नवीनकुमार कर्णले उद्योगमा आर्थिक संकटका कारण कोइला खरिद गर्न कठिन भएको बताए । भर्खरै १ हजार ८ सय मेट्रिक टन कोइला खरिद गरेपछि उत्पादन सुरु भएको हो ।

उद्योगलाई दैनिक १०० मेट्रिक टन कोइला चाहिन्छ। यसैबीच उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले कोइलाको नियमित आपूर्ति हुने भएकाले निकट भविष्यमा उद्योग बन्द नहुने बताए ।

दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले मेसिन जीर्ण भएकाले १० हजार बोरा मात्रै उत्पादन गर्न सक्छ ।

सिमेन्ट उद्योगले सन् २०४३ देखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल उक्त उद्योगबाट १५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

महाप्रबन्धक पाण्डेले नयाँ उपकरण जडान र कोइलालगायत आवश्यक कच्चा पदार्थ खरिदमा अनुदान उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वार्ता भइरहेको बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here