राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपतिले शुक्रबार क्यानडाका लागि नेपाली राजदूतमा भरतराज पौडेल र पोर्चुगलका लागि नेपाली राजदूतमा सुनिल नेपाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा दुवै राजदूतलाई नियुक्त गरिएको भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।





