चालू आर्थिक वर्षमा राजस्व दोब्बर गर्न अर्थमन्त्री पुनको निर्देशन

0
162
/fli6«o ;ef a}7ssf ;xefuL sf7df8f}F, @ r}t M /fli6«o ;efsf] z'qmaf/ a;]sf] a}7sdf cy{dGqL aif{dfg k'gnufotsf ;b:ox? . tl:a/M k|bLk/fh jGt ÷/f;;
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको राजस्व दोब्बर गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले राजस्व वृद्धि गर्न भन्सार चुहावट रोक्न कार्ययोजना बनाएको बताए ।

भन्सार नाकामा समस्या रहेको स्वीकार गर्दै अर्थमन्त्री पुनले भन्सार नाका सुधारका लागि काम गरिरहेको बताए ।

उनले भन्सारमा सुधारको अनुभूति हुने अवस्था अर्को महिनाबाट आउने दाबी गरे ।

उनले आन्तरिक राजस्व संकलनमा सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशतले राजस्व वृद्धि गर्ने लक्ष्य राखे पनि करिब ९ प्रतिशत मात्रै वृद्धि भएको छ ।

दुई आर्थिक ठूला मुलुक चीन र भारतबीच नेपाल जोडिएकाले करिब १ हजार ७ सय किलोमिटर खुला सिमाना छ ।

अर्थमन्त्री पुनले खुला सिमानाका कारण समस्या भइरहेको बताए । जनताको नियतभन्दा पनि समस्या क्षमताको हो ।

उनले मुलुकमा कम देखिए पनि सरकारले कृषिको संरक्षण गर्नुपर्ने बताए ।

भारतले कसरी कृषिको संरक्षण गरिरहेको छ भन्ने उदाहरण दिँदै उनले नेपाल त्यसो गर्न असफल भएको बताए ।

उनले प्रत्येक वर्ष किसानलाई दिइने मलमा ६० अर्ब रुपैयाँको अनुदानलाई कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बुझ्नुपर्ने बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here