कोशी प्रदेशमा तीन महिनामा ४८८ आगलागीका घटना भएका छन्

0
192
सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्लामा चार सय ८८ आगलागीका घटना भएका छन् ।

२०२३ डिसेम्बर १७ देखि २०२४ मार्च २१ सम्मको तीन महिनाको अवधिमा आगलागीका घटनामा १२ जनाको मृत्यु भएको र २४ जना घाइते भएको कार्यालयका उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार अधिकांश आगलागी विद्युत सर्ट भएर र भान्साकोठा र गोठमा आगलागी हुँदा नियन्त्रण बाहिर गएका कारण आगलागीका घटना भएका हुन् ।

स्थानीय वनमा पनि डढेलो लागेको बताउँदै एसपी पोखरेलले समयमै निभाउन नसके कहिलेकाहीँ डढेलो मानव बस्तीमा समेत फैलिने चेतावनी दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here