ग्लोकल टीन हिरो नेपाल अन्तर्गत,ग्लोकल -२० अन्डर २० को सूची सार्वजनिक

0
485

सेप्टेम्बर १ गतेका दिनवाई वाइग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो। आवेदनको समय समाप्त भएपछी,प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनीपहिचानगरिएको छ। किशोरकिशोरीहरुमाभएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । २० वर्ष भन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिकगरिएको छ। हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० माअन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकलटिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
ग्लोकल प्राली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट किशोर किशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोर किशोरीहरु समाजसेवा, बालअधिकार,खेलकुद, कृषि, मिडिया, पत्रकारिता,विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मानगर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थपप्रोत्साहन गरी उनीहरुलाई संसारमाझचिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।
ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ “नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोर किशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनिथिएन। यद्धपी समाजतथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ ।”
यस वर्षका उत्कृष्ट किसोर किशोरीको सुची यस प्रकार रहेको छ –
ड्ड अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
ड्ड अमिततिमिल्सीना, १७, टेक्नोप्रिनर, बुटवल
ड्ड अन्कितमिश्र, १८, बालअभियन्ता, बाँके
ड्ड दिक्षागौतम, १८, बालअभियन्ता, काठमाडौं
ड्ड एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
ड्ड ग्रेश थापा, १८, उद्द्यमी, ललितपुर
ड्ड लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
ड्ड मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्यअभिएन्ता , रामेछाप
ड्ड नम्रतादाहाल,१७, बालअभियन्ता, झापा
ड्ड प्रेक्षाधामी, १८, सामाजिकअभियन्ता, कैलाली
ड्ड रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
ड्ड सनिफ कडेल, १८, युवाअभियन्ता, रुपन्देही
ड्ड संस्कृतिफुयाल, १७, सामाजिकअभियन्ता, काठमाडौं
ड्ड सेलियाश्रेष्ठ, १५, सामाजिकअभियन्ता, झापा
ड्ड सुभाशशर्मा, १७, कोडर, जनकपुर
ड्ड सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
ड्ड सुसन सापकोटा, १४, बातावरण विद् , सुर्खेत
ड्ड स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर
ड्ड वैभव नाहटा, १८, उद्द्यमी,बिराटनगर
ड्ड योउबेश धौभडेल, १९, सामाजिकअभियन्ता,भक्तपुर
देश भरि बाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाजल्याएको प्रभावको आधारमा चयन गरिएकाहुन्। साथै उत्कृष्ट ६ को घोष्णा पनिनभेम्बर २४ तारिकमाहुनेबताईको छ । चयन भएकायुवाहरुको सम्मानवाई वाई ग्लोकल टिन हिरोको डिसेम्बर १२, २०२० माहुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।
देश भरिका प्रतिभावानकिशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँग संस्थाहरु साझेदारका रुपमा जोडीनु भएको छ । ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमावाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउनप्लाजा, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम,फाइबरनेट,ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजीहोम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, पार्ट्नर मा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, समर्थकमाःवर्ल्डलिंक, ईसेवा, डिश होमगो , युवा, नेपालयुवा परिषद, रहनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here