आजदेखि नेपाल–भारत टी–२० च्याम्पियनसिप हुँदैछ

0
188
भारत–नेपाल टी–२० च्याम्पियनसिप आजदेखि भरतपुरमा सुरु हुँदैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा भारतका दुईसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलमा भरतपुर ११ र वाग्मती भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिता चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको हो । एउटै राउण्ड रोबिन ढाँचामा हुने च्याम्पियनसिपको उपाधिका लागि वाग्मती, सुदूरपश्चिम र मधेस र भरतपुर ११ र भारतबाट दुईवटा प्रदेशः तलतला इन्स्टिच्युट कोलकाता र पीएसआर समूह लखनउ रहेका छन् ।

संघका सचिव सुरज ज्ञवालीका अनुसार भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रवर्द्धन गर्नुका साथै क्रिकेट क्षेत्रमा पनि नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । प्रतियोगिताअन्तर्गत कुल १८ खेल हुनेछन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here